७ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

नेप्सेमा करेक्सन, कारोबार रकम भने झण्डै एक अर्बले बढ्यो

नेप्से परिसूचकमा बुधबार सामान्य करेक्सन भएको छ। कारोबार हुने पछिल्ला ३ दिन लगातार बढेको नेप्सेमा बुधबार ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स १.५६ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०४६ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो।  

नेप्से घटेपनि कारोबार रकम भने झण्डै एक अर्बले बढेको छ । बुधबार ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार नेप्सेमा ४ अर्ब ५७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

बुधबार खानी खोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ८ प्रतिशतले बढ्दा ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको यूनियन हाइड्रोपावर कम्पनीको २३ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २३ करोड र बुटवल पावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।  

बुधबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: १२ कार्तिक २०८२ १५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App