२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अर्थ

साउनमा वाणिज्य बैंकको नाफा ७९ करोड घट्यो

वाणिज्य बैंकहरुको नाफामा उच्च गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२/८३को पहिलो महिना साउनमा वाणिज्य बैंकको खुद मुनाफा करिब साढे ८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

साउनमा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । पोहोरको साउनमा भन्दा यो वर्षको साउनमा बैंकको नाफा ७९ करोड रुपैयाँले घटेको छ । पोहोरको साउन महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

राष्ट्र बैंकका अनुसार ११ वटा बैंकको मुनाफा पोहोरको तुलनामा घटेको छ भने नौ वटा बैंकको नाफामा बढेको छ । साउनमा सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल बैंक पहिलो नम्बरमा रहेको छ । ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

त्यसैगरी, नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेर दोस्रो स्थानमा छ भने नेपाल एसबीआई बैंक तेस्रो स्थानमा रहेको छ । एसबीआई बैंकले ६३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ ।  

राष्ट्रिय वाणिज्य बैकले ५५ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले पनि ५० करोड ५ लाख लाख रुपैयाँ आर्जन गरेका छन् । त्यसैगरी, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र सिद्धार्थ बैंकले ४० देखि ५० करोड रुपैयाँको बीचमा नाफा आर्जन गरेका छन् भने लक्ष्मी सनराईज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकले ३० देखि ४० करोड रुपैयाँको बीचमा नाफा आर्जन गरेका छन् ।  

त्यसैगरी, सटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंकले २६ देखि २७ करोड रुपैयाँका बीचमा नाफा आर्जन गरेका छन् । एनएमबी बैंकको साढे १५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३८ लाख रुपैयाँ मात्रै कमाएको छ ।

नौ वटा बैंकको नाफा बढेको छ । नेपाल बैंक लिमिटेडको नाफा पोहोरको तुलनामा निकै बढेको छ । नेपाल बैंकको नाफा १४६.७६ प्रतिशतले बढेको छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक ५४.८० प्रतिशत, माछापुच्छ्रे बैंक ३०.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १९.९२ प्रतिशत, सिद्धार्थ बैंक १५.०४ प्रतिशत, एभरेष्ट बैंक १४.४१ प्रतिशत, नेपाल एसबीआई बैंक ९.८१ प्रतिशत, एनआईसी एसिया बैंक ९ दशमलब २५ प्रतिशत र सानिमा बैंक १.९८ प्रतिशतले नाफा बढेको छ ।

११ वटा बैंकको नाफा घटेको छ । सबैभन्दा नाफा घट्नेमा कृषि विकास बैंक रहेको छ । गत आवको साउनमा ७१ करोड २१ लाख रुपैयाँ खुद मुनाफा गरेको कृषि विकास बैंकले यो वर्षको साउनमा ३७ लाख ५० हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । एनएमबी बैंकको मुनाफा साउन ५२ दशलब ३२ प्रतिशतले घटेको छ ।  

पोहोरको साउनमा ३३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको एनएमबी बैंकको यो साउनको नाफा १५ करोड ८९ लाख रुपैयाँमा मात्र रहेको छ । त्यसैगरी, प्रभु बैंकको नाफा ४३ दशमलब ८१ प्रतिशतले घटेको छ । हिमालयन बैंकको ३० दशमलब ४६ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको २० दशमलब ४० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२ दशमलब ८० प्रतिशत, ग्लोबल आईएमई बैंकको १२ दशमलब ०९ प्रतिशत, नबिल बैंकको १० दशमलब ८३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८ दशलब ९६ प्रतिशत, कुमारी बैंकको २ दशमलब २० प्रतिशत तथा प्राइम कमर्सियल बैंकको शून्य दशमलब १२ प्रतिशतले पोहोरको भन्दा नाफा घटेको छ ।

प्रकाशित: १ आश्विन २०८२ १८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App