२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
अर्थ

जेन-जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

नेपालको प्रतिष्ठित व्यावसायिक समूह चौधरी ग्रुप (सीजी) ले हालैको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ।

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन्।

चौधरीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन-जी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।’

उक्त आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरुम र कारखानामा भएको ठूलो क्षति र विध्वंसप्रति दुःख व्यक्त गर्दै चौधरीले यस पीडादायी घडीमा पनि दृढ आत्मविश्वासका साथ पुनर्निर्माणको यात्रामा अघि बढेको बताएका छन्।

चौधरी ग्रुपले सहिद परिवारलाई सम्पर्क गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिएको छ। यसका लागि सहिद परिवारले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित: २२ आश्विन २०८२ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App