१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा एक करोड ५५ लाख बढीको खाद्यको चामल बिक्री

खाद्य व्यवस्था र व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ५५ लाख बढीको चामल बिक्री गरेको छ।

उसले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा बढी परिमाणको चामल बिक्री पनि गरेको छ। कार्यालयका सूचना अधिकारी जलान्धरप्रसाद यादवका अनुसार कार्यालयले आव २०८१/८२ मा १ हजार ३१.७५ क्विन्टल स्टिम जिरा मसिनो र ९ सय ६ क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको छ।

आव २०८१/८२ मा स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल ९ हजार ४ सय रुपैयाँ र सोना मन्सुली चामल प्रतिक्विन्टल ६ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो। कार्यालयले ९६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ बराबरको स्टिम जिरा मसिनो र ५८ लाख ८९ हजार रुपैयाँको सोना मन्सुली चामल बिक्री गरेको छ।

दुवै प्रकृतिको गरी कार्यालयले आव २०८१/८२ मा कुल १ करोड ५५ लाख ८७ हजार ४ सय ५० रुपैयाँको चामल बिक्री भएको कार्यालयका सूचना अधिकारी यादवले बताए। उनका अनुसार आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा चामलको बिक्री परिमाणमा पनि वृद्धि भएको छ।

आव २०८०/८१ मा कार्यालयले १ हजार २२.७५ क्विन्टल स्टिम जिरा मसिनो र ६ सय ६६.३० क्विन्टल सोना मन्सुली चामल बिक्री गरेको पनि सूचना अधिकारी यादवले बताए। 

प्रकाशित: ११ श्रावण २०८२ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App