२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

मध्यम वर्गलाई ठूलो राहात, मासिक ८३ हजार कमाउनेले कर तिर्नु नपर्ने

सरकारले मध्यस्तरको आम्दानी हुनेका लागि करमा भारी छुट दिएको छ । अर्थमन्त्री डा। स्वर्णीम वाग्लले आर्थिक वर्ष २०८३-८४को बजेटमा मासिक १० लाख रुपैयाँसम्म कमाउनेलाई कर नलिने घोषणा गरेका छन् । यसले मध्यम कमाई हुने वर्गलाई ठूलो राहात मिलेको छ ।  

सरकारले आयकर ऐन, २०५८ मार्फत एकल व्यक्तिको हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीको हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा कर मात्र लिने गरेको थियो । 

सो माथिको अर्को दुई लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को दश लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लिँदै आएको थियो । 

अब १० लाख तल कमाई हुनेले वार्षिक एक प्रतिशत मात्र तिरे हुने भएको छ । १० लाख माथि कमाई हुनेले भने थप कर तिर्नुपर्नेछ । नेपालमा ठूलो वर्ग वार्षिक १० लाख कमाई हुने रहेको छ ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App