१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

महिनामा करोडको केरा बिक्री

बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ। इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउँछन्।

दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी रु ५५० का दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्यांक सहायक अधिकृत माया राजवंशीले जानकारी दिए। उनले गत असोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताए।

उनका अनुसार यहाँबाट विराटनगर, जनकपुर, काठमाडौंलगायत स्थानमा न्यूनतम रु ३०० देखि अधिकतम रु ८०० सम्ममा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा केरा जाने गरेको छ। उनले दसैँ र तिहारमा भन्दा बढी छठपर्वमा केरा बिक्री भएको बताए। 

यहाँ ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको उक्त थोक बजारमा ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लामा उत्पादित कृषिजन्य वस्तुको विषादी मापन गर्ने प्रयोगशाला पनि छ। तथ्यांक सहायक अधिकृत राजवंशीले यहाँ आएका फलफूल, तरकारीलगायत कृषिजन्य वस्तुको विषादी चेकजाँचपछि मात्र खानयोग्यलाई बजार पठाउने गरिएको जानकारी दिए। रासस

प्रकाशित: १६ कार्तिक २०८२ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App