नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस- २०८२ को अवसरमासरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रा.लि., विशेष उद्योगहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायबाट सोल्टी होटेल लिमिटेडलाई सम्मान गरिएको छ । त्यसैगरी, वस्तु व्यापारको कारोबार गर्ने मध्येबाट भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि., उर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी प्रा.लि.लाई परिसंघले सम्मान गरेको छ ।
यस्तै कृषि एवम् पशुपंक्षीजन्य उद्योगहरु मध्येबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने पोषक ब्रिडर फार्म प्रा.लि., सुचना प्रविधि सम्बन्धि सेवा निर्यातबाट भेरिस्क नेपाल प्रा।लि। सम्मानित भएका छन् । त्यसैगरी, एकलौटी फर्महरु मध्येबाट थर्ड आई इन्टरनेशनल, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि।, स्वास्थ्य तथा शैक्षिक संस्थाहरु मध्येबाट नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल परिसंघबाट सम्मानित भएका छन् ।
यसैगरी रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने आईएमई लिमिटेड, नेपाल दूरसंचार प्राधिकरण, वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोवार गर्ने मध्येबाट सि।डि।एस।एण्ड क्लियरिङ लि।, बार्षिक कारोबार रकम ५० करोड रुपैयाँसम्म कारोबार गर्ने गर्ने भि।एफ। सर्भिसेज ९मोरिसस० प्रा।लि। सम्मानित भएका छन् ।
व्यक्तिगत करदाता मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको हो । शाह परिसंघका उपाध्यक्ष समेत छन् ।
मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरे । सो अवसरमा उनल सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रति महत्वपूर्ण योगदान समेत भएको बताउनुभयो । उच्च करदाताको रुपमा राज्यलाई गरेको योगदानको कदर गर्दै परिसंघले पनि सम्मान गरेको उहाँले बताउनुभयो ।
उच्च करदाता सम्मान कार्यक्रममा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, गभर्निङ्ग काउन्सिल सदस्य विजय शाह, राजश्व समिति सभापति गोपाल कुमार अग्रवाल, महानिर्देशक डा। घनश्याम ओझालगायतको सहभागिता थियो ।
प्रकाशित: १ पुस २०८२ १८:४३ मंगलबार





