१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मुक्तिनाथद्वारा महिला उद्यमी सम्मानित

मुक्तिनाथ विकास बैंकले आफ्नो कार्यक्षेत्रभित्रका ५० ठाउँमा बैंकका लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई लक्षित गरी गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बैंकले लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ महिला उद्यमीलाई सम्मान समेत गरेको छ। बैंकले उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे समेत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। 

प्रकाशित: २५ कार्तिक २०७९ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App