२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजार २३.५२ अंकले घट्यो

सेयर बजार बिहीबार २३.५२ अंक (१.२३ प्रतिशत) ले घटेको छ। बुधबार २ प्रतिशतले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा पुगेर रोकिएको छ।

सबै समूहको सेयर बजार घटेर राताम्मै भएकोमा माइक्रोफाइनान्स ५०.५७, जीवन बिमा ६९.७७, विकास बैंक ४८.१, हाइड्रो पावर ४१.१८, होटल तथा पर्यटन २८.२, अन्य ३३.५७ ले घटेको छ। 

ट्रेडिङ २१.७८, निर्जीवन बिमा ८८.५४ अंकले ओरालो लागेको छ। १८५ कम्पनीको कारोबार हुँदा १३ कम्पनीमा मात्र सुधार आएको र १७१ कम्पनीमा भने आरालो लागे र एक कम्पनी मात्र स्थिर रहेको छ।

नेपाल स्कट एक्सचेन्जका अनुसार ३१ लाख १४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ बढीमामा कारोबार भएको छ। सबैभन्दा धेरै शिभम सिमेन्ट १० करोड २२ लाख ३५ हजार बढी रुपैयाँको सेयर किनबेच भयो। मन्दाकीनी हाइड्रोपावरको सेयर ३.९२ प्रतिशतले, सिन्धु विकास बैंकको २.७७ प्रतिशत घटेको छ।

प्रकाशित: २४ कार्तिक २०७९ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App