१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ। त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला रु १० ले ओरालो लागेको महासङ्घले जनाएको छ।  अघिल्लो दिन प्रतितोला रु एक हजार दुईसय ९५ मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार दुई सय ८५ तोकिएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App