२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नयाँ कक्षाकोठाका निर्माणका लागि जापानले गर्‍याे सहयोग

संखुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालयमा नयाँ कक्षाकोठाका निर्माणका लागि जापानले सहयोग गरेको छ। 

जापानका राजदूत (यच.आर) किकुता युताका र एनपीओ नेपाल स्वयंसेवी समाज सेवाका अध्यक्ष लाक्पा नुरबु शेर्पा बिच संखुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालयका लागि नयाँ कक्षाकोठा निर्माण सम्बन्धी सम्झौता भएको छ। 

बिहीबार काठमाडौंस्थित जापानी राजदूतावासमा सो हस्ताक्षर समारोह सम्पन्न भएको थियो। यस परियोजना अन्तर्गत जापानी सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गत लगभग २३.२ मिलियन अमेरिकी डलरको अनुदान समावेश छ। 

एघार कक्षाकोठा निर्माण गरी शैक्षिक वातावरण अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। हाल विद्यालय भवनको अवस्था निकै नाजुक छ। पर्खालहरु चर्किएका छन् भने छतमा चुहावटको समस्या छ। जीर्ण कक्षा कोठाहरूका कारण विद्यार्थीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न कठिन भएको छ। 

यस परियोजनाले बिद्यार्थीहरु जीर्ण विद्यालय भवनहरूमा पढ्नुपर्ने बाध्यता हटेको छ। हिमालय माध्यमिक विद्यालय सन् १९६० मा स्थापना भएको थियो र हाल यस विद्यालयमा ३८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। 

यसको व्यवस्थापन एनपीओ नेपाल स्वयंसेवी समाज सेवाले गर्नेछ। जापानी दूतावासले यो परियोजनालाई सुरक्षित र सुखद बनाउनुका साथै विद्यार्थीहरूको लागि सिक्ने वातावरण र विद्यार्थीहरूको शिक्षाको गुणस्तर सुधार गर्ने विश्वास लिएको छ। 

साथै यस परियोजनाले नेपाल र जापानको मित्रतालाई अहिले र भावी पुस्ताहरूका लागि अझ प्रगाढ बनाउने दूतावासले विश्वास लिएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App