१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तराष्ट्रिय बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न

दोस्रो अन्तराष्ट्रिय बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य सम्मेलन – २०२२ सम्पन्न भएको छ।  

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तथा सेवा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको सम्मेलन राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था विश्व स्वास्थ्य संगठन, युनिसेफ सिविन लगायतको सहयोगमा भएको हो।  

सम्मेलनमा कोरोनाको समयमा विशेष गरी बालबालिका तथा किशोर किशोरीलाई मानसिक स्वास्थयमा परेको असर र त्यसले पुर्याएको हानी नोक्सानी सम्बन्धि विषयहरूमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिएको छ।  

सम्मेलनमा बालबालिका तथा मानसिक स्वास्थयसँग सम्बन्धित रहेरसम्बन्धित सरोकारवालाहरूले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीतिमा परिकल्पना गरिएबमोजिम बाल तथा किशोरी मानसिक स्वास्थ्यसम्बन्धी गतिविधिहरूलाई कडाइका साथ सुनिश्चित गर्नुपर्ने सरकारसँग सिफारिस गरेको छ।

यस्तै विद्यालयको शैक्षिक पाठ्यक्रम र शिक्षकहरूको तालिममा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य विषय समावेश गरिनुपर्ने, विभिन्न सेवा प्रवाह सुविधाहरूमा दक्ष जनशक्ति विकास गर्ने पहलहरू र तिनीहरूको आवधिक क्षमता निर्माण बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थय सम्बन्धि कार्यक्रमहरू समेटिनुपर्ने र ति कार्यक्रमहरू बाल अधिकार मैत्री र अपाङ्ता समावेशी हुनुपर्ने लगायत कुराहरू सरकारले कार्वन्वयन गर्नुपर्ने सरोकारवालाको बुझाई छ।  

यसका साथै बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थय सम्बन्धि अनुसन्धान, प्रमाण उत्पादन र डेटा व्यवस्थापन कम रहेकोमा यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने तथा राष्ट्रिय, बहुराष्ट्रिय र अन्तरसरकारी निकायहरूबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउनुपर्छ र पर्याप्त बजेट विनियोजन हुनुपर्ने उनीहरूको माग छ।  

सबैलाई मानसिक स्वास्थ्य अवस्थाबारे जानकारी दिनलिन र सोबारे जनचेतना फैलाउन यस अभिमुखीकरण सम्मलनले सहयोग गर्ने कार्यक्रम संयोजक उमेश लामाले बताए। उनले अन्तराष्ट्रिय मञ्च भएको कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय ज्ञान तथा सिपहरू साझा गर्ने प्लेटफर्म भएको कारण यस अन्तराष्ट्रिय सम्मेलनले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा काम गर्ने सबैलाई अभिमुखीकरण गर्ने उल्लेख गरे।  

उनले प्रायजसो मानिसहरूले मानसिक स्वास्थ्यलाई त्यती प्राथमिकतामा राख्ने नगरेको बताउँदै भने ‘बालबालिका तथा किशोरकिशोरीहरूले मानसिक स्वास्थलाई प्राय इग्नोर गर्छन्। झन यो बेला उनीहरूलाई मानसिक स्वास्थ्य अवस्थाबारे पर्याप्त जनाकारी हुनुपर्छ। हामिसँग यस्ता विषयमा कुराकारी तथा बहस गर्ने बानिको विकास गर्नु पर्छ। यो सम्मलेलनमा सहभागी हुने सबैले यस विषयलाई नजिकबाट बुझ्न पाउँछन्।’

कोरोना पश्चात बालबालिका तथा किशोर किशोरीले झेल्नु परेको मानसिक स्वास्थ्य अवस्था निकै नै संवेदनशिल र महत्वपूर्ण विषय भएको बताउँदै उनले मानसिक स्वास्थ अवस्था केवल व्यक्तिगत मात्र नभएर यसले व्यवसायिक, सामूहिक तथा समग्र बिकास तथा संबृद्धी असर पुर्याउने भएको कारण यसलाई समयमै सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे।

प्रकाशित: १ कार्तिक २०७९ १२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App