५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल भित्रियो युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’

युरोपको घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ।  

नेपालको परिचित लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेकसँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो। बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको जनाएको छ। उक्त कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको स्टोर स्थापना समेत गरेको छ।  

स्टोरमा बोशका उच्च गुणस्तरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू रहेको कम्पनीले जनाएको छ।  

बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले नेपालमा बोशको प्रवेशले सार्क राष्ट्रमा बजार विस्तार गर्ने रणनीतिको लागि महत्वपूर्ण कदम सावित बताए।  

प्रकाशित: १ कार्तिक २०७९ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App