१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘दराज क्लब’ को सुरुवात

दराजले आफ्नो नयाँ कार्यक्रम ‘दराज क्लब’ सुरू गरेको छ। यस नयाँ कार्यक्रम मार्फत ग्राहकहरूले दराज विशेष सुबिधा तथा लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सुविधा अन्तर्गत ग्राहकहरूले दराज एप प्रयोग गरी खरिद गरेमा जेम्स कमाउन सक्ने र दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्न सक्नेछन् भने यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्ने कम्पनीको भनाइ छ।

क्लबमा सामेल हुनको लागि, ग्राहकहरूले आगामी डिसेम्बर ३१ सम्म कम्तिमा २५०० जेम्सहरू सङ्कलन गर्नुपर्ने र डिसेम्बर ३१ पछि क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरूको न्यूनतम संख्या ३५०० मा बढाइने कम्पनीले जनाएको छ। साथै यस सुबिधाको लागि दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ।

प्रकाशित: ३१ आश्विन २०७९ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App