१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेगा क्यापिटल मार्केटको पाँचौं वार्षिक साधारणसभा

मेगा क्यापिटल मार्केट पाँचौं वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ। क्यापिटलले हालसम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३ सय ५८ जना सेवाग्राहीबाट ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ।

क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रूपमा सेवाग्राही तथा आवद्ध लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाममूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ क्षेत्रमा नयाँ आयम थपेको जनाएको छ। यस्तै नयाँ कामको रूपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजीकरण गर्दै आइरहेको जनाउँदै विभिन्न कम्पनीहरूसँग आइपिओ र सम्झौता पनि गर्ने जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७९ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App