coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से ६ अंकले बढ्यो, कारोबार,रकम ४८ करोडमा खुम्चियो

फाइल तस्बिर

केही दिनदेखि लगातार गिरावट आएको सेयर कारोबारमा बुधबार झिनो सुधार आएको छ। कारोबार रकम भने ५० करोड भन्दा कम हुन पुगेको छ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबारको कारोबारमार्फत् नेप्से परिसूचक ६.४१ अंकले बढेको हो। यससँगै परिसूचक १८३७.४६ बिन्दुमा पुगेको छ। यो ०.३५ प्रतिशतको वृद्धि हो। सेयर कारोवार केही महिनादेखि लगातार घटिरहेको थियो।  

एक्सचेन्जका अनुसार बुधबारको कारोबार सुरू हुँदा नेप्से परिसूचक १८३१ बिन्दुमा थियो। बजार सुरू भए लगत्तै कारोबारमा आएको बढोत्तरीले परिसूचक १४ अंकले बढेर १८४५ बिन्दुमा पुगेको थियो। त्यसपछि भने लगातार कारोबारमा गिरावट आएको थियो। बजार बन्द हुँदा परिसूचक १८३७ बिन्दुमा रोकिएको हो।  

एक्सचेन्जका अनुसार बुधबार नेप्सेका अतिरिक्त अन्य प्रमुख तीन सूचक सबैको कारोबार बढेको छ। सेन्सेटिभ सूचक १.४५ अंकले बढेको छ भने फ्लोटमा ०.२७ अंकले सुधार आएको छ। यस्तै सेन्सेटिभ फ्लोट ०.३६ अंकले बढेको छ।  

नेप्से परिसूचकका अन्य १३ उपसूचक मध्ये ४ वटाको कारोबार घटेको छ भने ९ वटा उपसूचकको कारोबार बढेको छ। कारोबार घटेका उपसूचकहरूमा व्यापार, अन्य, फाइनान्स र सामूहिक लगानी कोष रहेका छन्। यीमध्ये सबैभन्दा धेरै अंकले व्यापार उपसूचक घटेको हो। यो उपसूचक ४.३६ अंकले घटेको हो।

कारोबारमा सुधार आउने उपसूचकहरूमध्ये सबैभन्दा धेरैले लघुवित्त परेको छ। यो ३९ अंकले बढेको हो। यसपछि कारोबार बढ्नेमा उत्पादन तथा प्रशोधन ३४, निर्जीवन बिमा २७, जीवन बिमा २१ र विकास बैंक उपसूचक १८ अंकले बढेको छ।

एक्सचेन्जका अनुसार बुधबार सबैभन्दा धेरै प्रतिसेयर मूल्य बढ्ने कम्पनीमा मन्दाकिनी जलविद्युत् कम्पनी परेको छ। यसको प्रतिसेयर मूल्य ९.२० प्रतिशतले बढेको हो। यसपछि धेरै मूल्य बढ्ने कम्पनीमा अभियान लघुवित्त रहेको छ। यसको सेयर मूल्य ८.१९ प्रतिशतले बढेको हो। यस्तै प्रतिसेयर मूल्य सबैभन्दा धेरैले घट्ने कम्पनीमा ग्लोवल आइएमई व्यालेन्स फण्ड परेको छ।

यसको प्रतिसेयर मूल्य १० प्रतिशतले घटेको हो। यसपछि प्रतिसेयर मूल्य धेरै प्रतिशतले घट्ने कम्पनीमा राप्ती जलविद्युत् तथा जनरल कन्स्ट्रक्सन परेको छ। यसको प्रतिसेयर मूल्य ६.०६ प्रतिशतले घटेको हो। एक्सचेन्जका अनुसार बुधबार सबैभन्दा धेरै रकमको कारोबार नेशनल माइक्रोफाइनान्स लघुवित्त परेको छ। यसको ४ करोड ७५ लाख रूपैयाँको सेयर कारोबार भएको हो।  यसपछि धेरै रकमको कारोबार हुने कम्पनीमा नविल बैंक परेको छ। यसको २ करोड ६९ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै सबैभन्दा धेरै कित्ता सेयर बिक्री हुनेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त भएको छ। यसका ६१ हजार ९ सय ३० कित्ता सेयर बिक्री भएका हुन्।

यसपछि धेरै कित्ता सेयर बिक्री हुनेमा एचआईडीसी कम्पनी बनेको छ। यसका ५२ हजार १ सय ३० कित्ता सेयर बिक्री भएका छन्।एक्सचेन्जका अनुसार बुधबार २२१ वटा कम्पनीका सेयर कारोबार भएका छन्। यी कम्पनीका १३ लाख ३० हजार ४ सय ७७ कित्ता सेयर बिक्री भएका हुन्।

यी सेयर खरिद गर्न ४८ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २६ खर्ब ४० अर्ब रूपैयाँमा आएको छ । 

प्रकाशित: १३ आश्विन २०७९ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App