८ वैशाख २०८१ शनिबार
अर्थ

उपभोक्ताको मन जित्न अफरै–अफर

गत साता काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा नेपाल–पाकिस्तान व्यापार मेला आयोजना गरियो। नेपाल–पाकिस्तान व्यापार मेला भनिए पनि यहाँ भुटान, बंगलादेशलगायत मुलुकमा उत्पादित वस्तु राखिएका थिए। यो मेला अन्य कुनै विशेष समयका लागि आयोजना भएको थिएन; नेपालीको महान् चाड दसैं, तिहार र छट पर्वलक्षित थियो।  

यिनै चाडपर्वलाई हेरेर स्वदेशी उद्योगी–व्यवसायीले पनि उपभोक्तालक्षित विभिन्न अफर योजना सार्वजनिक गरेका छन्। सवारी साधन, इन्टरनेट सेवादेखि घरायसी सामग्रीसम्ममा अफर ल्याइएको छ। यस्ता अफरमा नगद छुट, आकर्षक अफर, लक्की ड्र, बम्पर अफरको नाम दिइएको छ। यस्ता अफर राखेर कम्पनीहरूले उपभोक्ता तानिरहेका छन्।  

डिसहोमले दसैं, तिहार र छठ पर्वका अवसरमा एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना ल्याएको छ। यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक साता ‘लक्की ड्र’ मार्फत एकजनाले एक लाख रकम जित्न सक्ने छन्।  

यसैगरी जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले पनि दसैं–तिहारलक्षित ‘सेन्साई ३ को झट्का, दसैंमा उपहारको फट्का’ नामक योजना सार्वजनिक गरेको छ।

सेन्साई ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत सिजिइओएलले ल्याएको यो योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामान खरिदमा ‘लक्की ड्र’ मार्फत दुईजना भाग्यशाली ग्राहकले एप्पल आइफोन १३ र ३ भाग्यशाली ग्राहकले एप्पल आइप्याडजस्ता आकर्षक उपहार जित्न सक्नेछन्। यस्तै बम्पर लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ।

यस्तै भारतमा नम्बर १ बनेको रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले दसैं–तिहारलक्षित गरी ‘क्यास सरप्राइज’ नामक योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्स खरिदमा आकर्षक क्यासब्याक र अन्य उपहार प्राप्त गर्न सकिने छ। ग्राहकले हरेक गोडरेजका सामान खरिदमा अधिकतम २६ प्रतिशतसम्म छुट र आकर्षक उपहार पाउने छन्। कम्पनीका अनुसार फ्रन्ट लोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै ६ केजी सर्फएक्सेल म्याटिक वासिङ पाउडर र टपलोड वासिङ मेसिन खरिदमा आकर्षक छुटका साथै तीन केजी सर्फएक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिने छ।

यस्तै सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा दुई केजी सर्फएक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माइक्रोवेभ ओवनमा आकर्षक छुट दिइएको छ। यस्तैगरी रेफ्रिजेरेटर, एअरकुलर, छोटुकुल, चेस्टफ्रिजर, एसिरभाइ रोसिल्ड खरिदमा पनि आकर्षक छुट उपलब्ध छ। कम्पनीका अनुसार एसीमा आकर्षक छुट र चार हजारबराबरको निःशुल्क एसी जडान सुविधा दिइएको छ।  

अर्को लोकप्रिय कम्पनी सामसङले पनि दसैं–तिहारका अवसरमा ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ नामक योजना सार्वजनिक गरेको छ, जसमा निःशुल्क जडानदेखि खरिद मूल्यमा ३० प्रतिशतसम्म क्यास ब्याक दिइने छ। यो अफर सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा लागु छ। सामसङको प्रिमियम रेन्जका टिभीमध्ये एउटामा अपग्रेड गर्दा निःशुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म छुट, रेफ्रिजेरेटर खरिदमा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिदमा २२ प्रतिशतसम्म छुट दिइएको छ।

यस्तै ७५ इन्च वा त्यसभन्दा माथिको क्रिस्टल फोरके युएचडी टिभी खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याकका साथमा निःशुल्क साउन्डबार पाउन सकिने छ। सामसङ फ्रेम टिभी पनि निःशुल्क साउन्डबारका साथमा १८ प्रतिशतसम्म छुटमा खरिद गर्न सकिने छ। क्युएलइडी टिभीको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारका साथमा १९ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीको भनाइ छ। फाइभ इन वन कन्भर्टिबल रेफ्रिजेरेटरमा ९३४५ देखि ५५१ लिटर क्षमताका मोडेलमा कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टीका साथ पाइने छ। कम्पनीका अनुसार ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजेरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध छ। एआई इकोबबल वासर ड्रायरको ८ केजी तथा १२ केजी भेरिएन्टमा २० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध छ। साथै ८ तथा ९ केजी क्षमताको हाइजिन स्टिमका साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीको भनाइ छ। सामसङ टिभीमा एक वर्ष ग्यारेन्टी र थप एक वर्ष ग्यारेन्टी प्यानलहरूमा दिइएको छ। डिआइटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसीमा १० वर्ष, डीआईटी मोटर वासिङ मेसिनमा १० वर्षको ग्यारेन्टी छ।

चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्रीवितरण गर्दै आएको कोरियन कम्पनी एलजीले पनि आफ्ना उत्पादनमा चाडपर्वलक्षित छुट र उपहार योजना ल्याएको छ। एलजीले ‘चाडपर्वको समय उपहार र नगदमय’ नामक योजना सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यी उत्पादनका घरायसी र विद्युतीय सामग्रीमा नगद छुट तथा उपहार दिइएको छ। टिभी, साउन्डबार र होम अडियो खरिदमा ग्राहकले छुट पाउने छन्। साइडबाई साइड फ्रेन्च डोर रेफ्रिजेरेटर, ओभन, डबल डोर रेफ्रिजेरेटर खरिदमा ग्यास स्टोभ वा ह्यान्ड ब्लेन्डर र सिंगलडोर रेफ्रिजेरेटर खरिदमा छुट पाउने सिजीले जनाएको छ।

यस्तै एलजी डिसवासर खरिदमा ग्राहकले डिसवासर किट, माइक्रोवेभ ओभन खरिद गर्दा किट र भ्याकुम क्लिनर खरिदमा छुट पाउने छन्। वासिङ मेसिन फ्रन्ट लोड नौ केजीमाथि वासर ड्रायरको खरिदमा इन्डक्सन कुकर वा फ्यान हिटर, वासिङ मेसिन फ्रन्ट लोड ८ केजीसम्मको खरिदमा ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेसिन टप लोडको खरिदमा फ्री ड्राई आइरन दिइएको छ।  

अर्को कम्पनी एलिका ब्रान्डले पनि दसैंलक्षित योजना ल्याएको छ। नेपालमा एलिका उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गत इओएल प्रालिले एलिका उत्पादन खरिदमा ग्राहकलाई उपहार प्रदान गर्ने भएको हो। एलिकाका कुनै पनि सामान खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टल दिइने छ।  

यस्तै अर्को कम्पनी स्काइवर्थ होम अप्लायन्सले नेपाली बजारमा घरेलु उपकरण व्यवसाय गर्दै आएको छ। केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले ‘क्यास ब्याक दनादन, उपहार टनाटन’ योजना ल्याएको हो। स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक पाउनुका साथै अरू पनि सुविधा दिइएको छ।  

यस्तै केन्ट आरओले पनि ‘दसैं–तिहार अफर हरेक खरिदमा उपहार’ योजना ल्याएको छ। नेपालमा केन्ट उत्पादकहरूको आधिकारिक वितरक इओएल प्रालिले चाडपर्वलक्षित गरी ग्राहक योजना ल्याएको हो। पानी शुद्धीकरणमा परिचित केन्टले कुनै पनि आरओ खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टल उपहार दिइने छ।  

उद्योगी–व्यापारीले मात्र होइन; बैंक तथा वित्तीय संस्थाहरूले पनि दसैं–तिहारलक्षित कार्यक्रम सार्वजनिक गरेका छन्। एनएमबी बैंकले ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ। बैंकले असोज १० देखि ‘बडादसैं बडा डिजिटल धमाका’ सुरु गरेको हो; जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्ने छन्। एनएमबी बैंकको ग्राहक डेबिट कार्डबाट ई–कमर्स÷पोसमा कारोबार गर्दा १० प्रतिशत वा तीन सय क्यासब्याक पाउने छन्।  

अर्को वाणिज्य बैंक एनआईसी एसिया बैंकले पनि दसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ।

योजनाअनुसार बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणा व्यवस्था गरिएको छ।

यस्तै नेपाल टेलिकमले पनि दसैंका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको अफर ल्याएको छ। अफरअन्तर्गत दुई सय ९४ रूपैयाँमा २० जिबी डाटा १० दिनभित्र र ९८ रूपैयाँमा ६ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने छ। त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रूपैयाँमा उपलब्ध हुने तथा यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न कम्पनीले जनाएको छ।

 

प्रकाशित: १२ आश्विन २०७९ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App