१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अमेरिकी डलर अहिलेसम्मकै उच्च,नेपाली रुपैयाँ कमजोर बन्दै

फायल तस्बिर

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो। सोही क्रममा मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा  पुगेको हो। यो हालसम्मकै उच्च हो। 

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ। गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो। अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ।

 पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ। 

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ।  

प्रकाशित: ११ आश्विन २०७९ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App