७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शिक्षकहरूको फाँटवारी अनलाइन प्रणालीबाटै

 नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरूले सर्वाधिक जीवन बिमा योजनाअन्तर्गत अनिवार्य रूपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरू गरेको छ।  

योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो।  

विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यस अघिनै सुरू गरेको हो।  

शिक्षकहरूले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक वितरण गर्ने कार्यालयबाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ।  

शिक्षकमा पनि अनलाइन कारोबार सुरू भएपछि सहजता मिलेको मदन स्मारक माध्यमिक बिद्यालय ललितपुरका प्रधानाध्यापक गोबिन्दप्रसाद पौडेलले बताए। 

प्रकाशित: १० आश्विन २०७९ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App