६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

याडेयाको उच्च क्षमताका स्कुटर एक्स्पोमा

कुजु नेपालले याडेयाको स्कुटरहरू इभी नाडा एक्स्पो-२०२२ मा राखेको छ। काठमाडौं भृकुटीमण्डपमा यही बिहीबारदेखि सुरू भइरहेको एक्स्पोमा कुजु नेपालले ३ प्रकारका इभी टु ह्विलर्स स्कुटर राखेको हो।

कम्पनीका वरिष्ठ अधिकृत विवेक खड्काका अनुसार ब्राण्ड स्थापनाको २२ वर्षभन्दा बढी भइसकेको अवस्थामा कुनै पनि इभि टु ह्विलर्स सेग्मेन्टमा सबैभन्दा पुरानो र विश्वसनीय कम्पनी भएको दाबी गरे। उनले इभी टु ह्विलर्स सेग्मेन्टमा लामो इतिहास भएको कारण पनि स्कुटरमा र समय परिस्थिति अनुसारको अपग्रेडेड भइरहेको बताउँदै ग्लोबल मार्केटमा भएको भन्दा राम्रो भएको बताए।

उनले नेपालमा आएका स्कुटरहरूमा अन्य मुलुकको भन्दा बलियो पार्टपुर्जाहरू प्रयोग भएको बताए। उनले भने ‘नेपालको भूगोल फरक भएका कारण अन्य देशभन्दा बढी डेलिभरी दिने उच्च पावरको मोटर उपलब्ध गराउँछौं, नेपालमा हामीले बिक्री गरिरहेको यो स्कुटर गुणस्तरीय छ।’ उनले थपे ‘यदि ग्राहकले साधनमा तत्कालै केही परिवर्तन गर्न चाहे भने पनि कम्प्नीले तुरून्त गरिदिन्छ।’

एक्स्पोमा सोचेको भन्दा राम्रो रेस्पोन्स आएको बताउँदै वरिष्ठ अधिकृत खड्काले सोरूममा दिन नसकेको एक्स्पोजर एक्स्पोमा दिन पाइरहेको बताए। उनले हरेक ग्राहकलाई साधनको बारेमा विस्तृत जानकारी दिन सकेको बताउँदै आएजति ग्राहकले कुजुको इभी सेग्मेन्टहरूबारे गुणस्तरीय र राम्रो डिजाइनको भन्ने प्रतिक्रिया दिएको पनि बताए।

एक्स्पोमा कम्पनीले याडेयाको एस लाइक, जी एस र सी वान एस मोडलका इभी रहेका छन्। यस्तै कम्पनीले प्रत्येक इभीको खरिदमा १५ हजार रूपैयाँ छुट, कुनै पनि ब्राण्डको स्कुटरमा याडेया इभी साटफेर गर्न सकिने र बम्पर उपहारमा ४३ र ३२ इञ्चको स्मार्ट एलइडी टिभी तथा रेफ्रिजेरेटर लगायतका अफरहरू रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०७९ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App