१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजविरुद्ध उद्योगी, ब्यवसायी आन्दोलित

नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार गरेको पत्रकार भेटघाट। तस्बिर: अर्जुन/नागरिक

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मर्कामा परेको भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। बैंक तथा वित्तीय संस्थाले यही असोज १ गतेदेखि लागु हुने गरि ब्याजदरमा गरेको वृद्धिले कर्जाको ब्याजदर आँकासिने भन्दै उद्योगी, व्यवसायी आन्दोलित भएका हुन्।  

कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझौला ब्यवसायीहरु अप्ठ्यारोमा परेको संघले जनाएको छ। आन्दोलन अन्तरगत संघले शुक्रबार बिहान १० बजे राष्ट्र बैंक नेपालगन्ज अगाडि धर्ना दिने भएको छ। राष्ट्र बैंकमा धर्नासँगै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको महासचिव चिरञ्जिवी ओलीले जानकारी दिए।

यस्तै शनिबार बिहान ८ बजे जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवाव मुलक कार्यक्रम गर्ने तय गरिएको छ। कोभिड महामारी र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्योगी, व्यवसायी मर्माहत भएको संघको निस्कर्ष छ।

संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बढ्दो लागतका कारण साना तथा मझौला उद्यमहरु बन्द गर्नुपर्ने अवस्था आएको दुखेसो पोखे। उत्पादित सामानको मुल्य आँकासिएर सर्वसाधारणको जिविका कष्टकर हुँदै गएको उनको भनाई छ।  

‘एकातिर चर्को ब्याजदरको मार खेपिरहेका छौं, अर्कोतर्फ खुल्ला सिमानाका कारण व्यापार, व्यवसाय धरासायी हुदै गइरहेको छ,’ अध्यक्ष मन्सुरीले भने। पछिल्लो समयमा नेपालगन्जको व्यापार व्यवसाय ८० प्रतिशतले गिरावट आएको उनले बताए।

प्रकाशित: ६ आश्विन २०७९ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App