१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘ओथारो’मा सहकार्य गर्ने सम्झौता

 राष्ट्रिय वाणिज्य बैंक र किङ्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।  

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन्।  

सम्झौतापछि ओथारो कार्यक्रम मार्फत किङ्स कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरूबाट व्यावसायिक नवप्रवर्तन योजना माग गरी उत्कृष्ट योजना छनौट गरेर परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ।  

तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र तिनै उद्यमीलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ। सम्झौताले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमशील बन्न चाहने युवाहरूलाई लक्षित यो कार्यक्रमले देशलाई समृद्धिसँग जोड्न सघाउ पु¥याउने बताए। यस्तै कलेजका अध्यक्ष अर्यालले सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरूलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए।  

प्रकाशित: ५ आश्विन २०७९ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App