३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु

बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुरूवात गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।  

उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका हुन्। कम्पनीले विगतदेखि एउटा उत्कृष्ट सर्भिस सेन्टर निर्माणको योजना तयार पारेकोमा बजारमा गाडीको संख्या वृद्धिसँगै सर्भिस सेन्टरको आवश्यकता बढ्दै गएकाले सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।  

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्ने जनाउँदै बीवाइडीले सर्भिस सेन्टर विस्तारमा काम गरेकोमा प्रशंसा गरे ।

साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बढ्दो विद्युतीय सावरीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी भएको र त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै कम्पनीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएको बताए।  

अहिले ६ वटा वे निर्माण गरेर सञ्चालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्ने गरी तयार गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०७९ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App