४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

वर्ल्डलिंक कम्युनिकेसन्स २८ औं वर्षमा

वर्ल्डलिंक कम्युनिकेसन २७ वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ।

इमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा गौरवपूर्ण इतिहास रच्न सफल भएको कम्पनीको दाबी छ। कम्पनीले देशको ७३ वटै जिल्लामा आफ्नो सेवाविस्तार गरिरहेको छ भने यही वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा सञ्चालन गर्ने बताएको छ। कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्टक्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो।

कम्पनीका अनुसार ७ लाख घरमा इन्टरनेट जडानसहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आइरहेको सबैभन्दा ठूलो कम्पनीको रूपमा वर्ल्डलिंक स्थापित भएको दाबी गरेको छ।

कम्पनीका निर्देशक मनोज अग्रवालले देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफल्तापूर्वक सम्पन्न गरिरहेकामा हाल देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए।

प्रकाशित: २ आश्विन २०७९ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App