२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

दराजकाे 'दशैं धमाका' अफर

दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। 

यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शिपिंग, २५०० सम्मको प्रीपेमेन्ट छुट, १०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा (एन आई यु) (एन क्यू आई) इलेक्ट्रिक स्कुटर जिले मौका रहेको छ। 

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु.२०००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्ने दराजले जनाएको छ।

साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, , सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० % ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम रु.१०००) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

विगतमा जस्तै, दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्नेछन्। अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान , वे टिकट र मोटो जी २२, सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत १ रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई १  रुपैयाँ फिर्ता गरिने कम्पनीले जनाएको छ। 

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट दराज दशैं धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन्। अभियानका लागि डायमण्ड पार्टनर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्टनर्स साझेदारहरूमा वाओ, आमग्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल रहेका छन्।

साथै, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन्। अभियानका थप हाइलाइटहरूमा शेक शेक भाउचर, ११ को बजार, आजाको दराज मल ब्रान्ड, कुपन नै कुपन, जो छिटो उस्ले जित्यो, सेलको झटका र स्टोरवाइड अफर समावेश रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७९ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App