१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सेञ्चुरी र कोष बीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता भएको छ। कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका कृषि कर्जाहरूको सुरक्षण सम्बन्धी उक्त सम्झौता भएको हो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

 सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरिएको ३ करोड रूपैयाँसम्मको कृषि कर्जाहरू कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्तर्गत सुरक्षित हुनेछ। यस्तै सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।

प्रकाशित: २८ भाद्र २०७९ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App