४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कालिकोटको स्याउले पाएन बजार

कालिकोट जिल्लामा उत्पादन हुने स्याउ बजार पुर्‍याउन निकै समस्या हुदै आएको छ। जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै पलाँता,महावै र पचालझना गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो।

रास्कोट नगरपालिका ८ का रत्नप्रसाद धमलाको बारीभरि यो वर्ष लटरम्म स्याउ फल्दा उनि दगं छन्। उनको बारीमा ३ सय बोटा लटरम्म स्याउले झुकाए पछि राम्रो आम्दानी हुने भन्दै उनी दंग परेका हुन्।

कहिले असिनापानी परेर नष्ट गर्ने त कहिले पाक्नै लागेको स्याउ झारिदिने समस्याबाट आजित थियौं। उनले भने,‘यो वर्ष त हाम्रा लागि सुखसुरु भयो। बारीभरि फलेका स्याउले बोट नै निहुरिएका छन्। सिप्टीमा सहज यातायात सुबिधा छैन्। हाम्रो लागि यातायत सेवा धेरै टाढाको कुरा हो। थाप्लाको भारीले कति स्याउ बिक्री गरिसक्ने हो। बगैँचाबाट आसिपि बाजारसम्म पुर्‍याउन तिन घण्टाको पैदल यात्रा गर्नुपर्छ। प्राय मानिसहरू स्याउ किन्न जादैनन्। कालिकोटको स्याउ ओझेलमा पर्छ। बर्सेनि क्विन्टलका क्विन्टल स्याउ कुहिएर पशुचौपाएलाई दिनुपरेको छ।’

तिलागुफाका केकबहादुर शाहीको बगैंचामा मात्र बर्सेनि ५ सय क्विन्टल स्याउ फल्छ। झण्डै १ सय क्विन्टल स्याउ मात्र बिक्री हुन्छ। अरु सबै बिक्री नभएर खेर जान्छ। यो वर्ष त झन धेरै खेर जाने अवस्था छ। उनले भने, ‘स्याउ बिक्रीका लागि बर्सेनि चिन्ता हुन्छ। उनको स्याउ बगैँचामा जान गाल्जेबाट २५ सय मिटर माथि छ। यातायातबाट बन्चत भताडी कट्गाउँका ५०घरदुरीले स्याउ लगाउने गरेको बताए। उनले विद्युत कार्यालय कालिकोटले तार तान्दा रोप्योको लडा काटिदिँदा झन् समस्या भएको बताए उनले तेही रोप्योबाट स्याउ ढुवानी गरिरहेका थिए।

चिल्ल्खायाका कृषक टेकबहादुर शाहीले सधैंजसो भाद्र पहिलो हप्तामा पाक्ने चिल्खायाको स्याउ बजारीकरणको समस्या रहेको बताए। स्याउ, सिमी, आलु लगायतका फलफूल तथा तरकारी खेती गरेर जीविका चलाउँदै आएका शाहीले बर्सेनि ६ सय क्विन्टल भन्दा बढी स्याउ फले पनि बजारीकरण समस्याले अधिकांश स्याउ रुखमै कुहिने र पशुवस्तुलाई दिने गरेको बताए। उनले भने ‘पहिलेका बर्षहरुमा दुई सय क्विन्टल भन्दा बढी स्याउ बिक्रि हुन्थेयो। अहिले त्यो पनि समस्यामा छ।

जिल्लाको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा स्याउ बिक्री गर्ने धेरै व्यापारी छन्। आजभोलि जिल्ला भित्रै फलेको स्याउ बिक्री वितरणका लागि राखिएको छ। तर, मान्ममा स्याउ बिक्रि गर्दा महंगो पर्नेगरेको बताए। जुम्लामा यातायतको सुबिधा छ। सस्तोमा आउन्छ हाम्रो स्याउ बिक्रिगर्न ल्याउन दुई दिन लाग्ने गरेको रास्कोटका कृषक कल रोकायाले बताए। उनले भने ‘जुम्लाको स्याउले ब्राण्ड कायम गर्दा जुम्लासँगै जोडिएका कालिकोटको तिलागुफा,रास्कोट,महाँवै, पलाँता लगायतका स्थानीय तहका लेकाली क्षेत्रमा फल्ने स्याउ ओझेलमा पर्ने गरेको छ। हामि कृषकको स्याउ बिक्रि गर्नको लागि  कोल्ड स्टोर पनि छैन्।’  

कालिकोटका किसानहरू स्याउ खेतीप्रति आकर्षित छन्। जिल्लाको तिलागुफा नगरपालिकामा २ हजार ५ सय हेक्टर क्षेत्रमा स्याउ खेती हुँदै आएको छ। रास्कोट नगरपालिकामा झण्डै एक हजार हेक्टर क्षेत्रमा स्याउ खेती भइरहेको छ। अन्य स्थानीय तहका लेकाली भेगमा पनि स्याउ खेती छ।  

रास्कोटका किसान गोकर्ण न्यौपाले बारीमा झन्डै  ‘यो वर्ष स्याउले भुइँ छोयो,’ उनले भने, ‘भाउको समस्या नभए स्याउकै आम्दानीले परिवारको वर्षभरिको खर्च टर्छ ।’ उनको बारीमा झन्डै डेढ सय बोटमा लटरम्म स्याउ फलेको छ । त्यो स्याउ बिक्रि गर्न भने निकै सकस छ। किसानले उत्पादन गरेको स्याउ बिक्रीका  लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालयकाले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App