२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

लचिलो, बलियो र गुणस्तरीय मंगलम एचडीपिई पाइप

एचडीपिइ (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) पाइप लचिलो, बलियो र गुणस्तरीय भएको कम्पनीले जनाएको छ।

प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवम् बलियो प्लास्टिक पाइप भएको बताउँदै कम्पनीले भूमिगत प्रयोजन र त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग भएको बताएको छ। कम्पनीका अनुसार पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले पाइपहरू भूमिगत प्रयोगको लागि मात्र नभइ अन्य धेरै कामको लागि पनि प्रयोग हुने दाबी गरेको छ।

रसायनसँग प्रतिक्रिया नगर्ने भएकाले ग्रामीण भेगमा पानीको पाइपको लागि पनि उल्लेख्य प्रयोगमा आउने गरेको बताउँदै कम्पनीले प्लास्टिकको पाइपहरूको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म)असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछ्याउनका लागि पनि प्रयोग गर्न सकिने बताएको छ।

अरू पाइपहरूको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथ मूल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको बताउँदै कम्पनीको पाइपहरू आइएसओ ९००१ः२०१५ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित भएको जनाएको छ। 

प्रकाशित: २० भाद्र २०७९ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App