कुमारी बैंकले ‘एक्सिलेन्स इन ई–कर्मश बिजनेश २०२२’ अवार्ड प्राप्त गरेको छ।
भिसा इन्टरनेशनले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो। बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो।
आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता बैंकले जनाएको छ।
प्रकाशित: २० भाद्र २०७९ ०२:४२ सोमबार