२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'गोल्डन ओक १२ औं कृति अवार्डस्' मा उत्कृष्ट मनोनयनहरुको घोषणा

नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’ का उत्कृष्ट मनोनयनहरुको घोषणा भएकाे छ। 

आनले ‘गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’को ३१ विधामा उत्कृष्ट ५ मनोनयनको घोषणा गरेको हो। आनले एक कार्यक्रमबीच साे ३१ विधिका ४ सय २५ मनोनयनमध्ये प्रत्येक विधामा उत्कृष्टताको आधारमा ५ मनोनयन घोषणा गरेको हो।

विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२औं कृति अवार्डस् २०७९ को तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तर्गतका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तगर्तका विधाहरुमा उत्कृष्ट–३/३ छनाोटको आज घोषणा गरिएको हो।  

यस गोल्डन ओक १२औं कृति अवार्डस्मा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।गोल्डन ओक १२औं कृति अवार्ड २०७ ९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ। 

प्रकाशित: १७ भाद्र २०७९ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App