१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुजुकी एभेनिस स्कुटर बजारमा

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्स प्रालिले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको छ। 

सोही कार्यक्रममा भिजी अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक निकुन्ज अग्रवाल सुजुकी मोटर्स इन्डियाका म्यानेजर, अन्तर्राष्ट्रिय मार्केटिंग शशाँक तलवार र भिजी अटोमोबाइल्स का महाप्रबन्धक धिरज भट्टराईले संयुत्त रुपमा सुजुकी एभेनिसलाई अनावरण गरेका थिए।  

अती आकर्षक डिजाइन र मोर्डन फिचरले भरीएको सुजुकी एभेनिस  स्कुटर नयाँ जेन जेट जेनेरेसनलाई लक्षित गरी बजारमा ल्याइएको हो।  पावर पर्फमेन्स स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटगरीमा हुनुको साथै विभिन्न फिचरहरुले भरिएको छ जस्मा उन्नत स्पोर्टी स्टाइलिङ, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प, यूएसबी स्कूटरसहितको फ्रन्ट फ्युल बक्स, बाहिरी काज प्रकारको फ्युल क्याप, सिट भण्डारण ठाउँरमोटरसाइकल इन्स्पायर्ड रियर इन्डिकेटरहरू रहेका छन्।

लक्षित वर्गहरुलाई विशेष ध्यान दिई बनाइएको यो स्कुटर सबैले मनपराउने कुरामा कम्पनी विश्वस्त छ। दुबै वर्गलाई अति सुहाउने भएकोले सुजुकीका मोटरसाईकल र स्कुटरहरु टेक्नोलोजी र स्मुथ पर्फमेन्सलाई ध्यान दिई बनाइएका हुन्छन् जसले गर्दा यिनीहरु अति नै विव्शासिलो र भरपर्दा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App