४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा ७ अंकको गिरावट, पौने २ अर्बको कारोबार

फाइल तस्बिर

साताको दोस्रो दिन सोमबार सेयर कारोबारमा गिरावट आएको हो।  

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबारको कारोबारबाट परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ बिन्दुमा आएको छ। यो ०.३६ प्रतिशतको वृद्धि हो। कारोबार रकम भने पौने २ अर्ब रूपैयाँ भएको छ ।

एक्सचेन्जका अनुसार २०६१ बिन्दुबाट सुरु भएको बजार तत्कालै ४ अंक बढेर २०६५ बिन्दुसम्म पुगेको थियो। त्यसपछि कारोबार घटेर दिउँसो सवा १२ बजेतिर परिसूचक २०४४ बिन्दुमा झरेको थियो। यस्तै सवा २ बजे परिसूचक २०६२ बिन्दुमा पुगेको थियो। बजार बन्द हुने समयमा भने २०५३ बिन्दुमा परिसूचक रोकिएको हो।  

एक्सचेन्जका अनुसार सोमबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचक सबै घटेका छन्। सेन्सेटिभ सूचक १.४७ अंकले घटेको छ भने फ्लोट ०.५२ र सेन्सेटिभ फ्लोट ०.५६ अंकले घटेका छन्। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा धेरै सेन्सेटिभ फ्लोट ०.४२ प्रतिशतले बढेको छ।  

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये १२ घटेका छन् भने सामूहिक लगानी कोष उपसूचक बढेको छ। कारोबारमा गिरावट आउने १२ उपसूचकमध्ये कुनै पनि उपसूचकको गिरावट ५० अंकसम्म पुग्न सकेको छैन्।  

यीमध्ये सबैभन्दा बढी निर्जीवन उपसूचक ४७ अंकले घटेको छ। यस्तै उत्पादन तथा प्रशोधन उपसूचक ३२, होटल तथा पर्यटन २९, विकास बैंक २४ अंकले घटेका छन्। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले जलविद्युत् उपसूचक परेको छ। यो ०.६८ प्रतिशतले बढेको हो।  

एक्सचेन्जका अनुसार सोमबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढने कम्पनीमा उपल्लो हेवाखोला लजविद्युत् परेको छ। यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै मन्दाकिनी जलविद्युत्को प्रतिसेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा धेरैले प्रतिसेयर मूल्य घट्ने कम्पनीमा एनआइविएल समृद्धि फण्ड परेको छ। यसको सेयर मूल्य ६.७५ प्रतिशतले घटेको हो। यस्तै दोर्दीखोला ५.२४ प्रतिशतले घटेको छ।  

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार हिमाल दोलखा जलविद्युत्को भएको छ। यसको २८ करोड १८ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै रिडी पावर कम्पनीको ८ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ।  

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर हिमाल दोलखा जलविद्युत्को भएको छ। यसका १ लाख २२ हजार ९२ सय १९ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै प्राइम बैंकको ३४ हजार ९८ सय ४२ कित्ता सेयर बिक्री भएको छ।  

एक्सचेन्जका अनुसार सोमबार २२२ कम्पनीका सेयर कारोबार भएको छ। यी कम्पनीका ५२ लाख ३० हजार ७ सय ६३ कित्ता सेयर बिक्री भएका छन्। यी सेयर खरिद गर्न १ अर्ब ७२ करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २९ खर्ब ४१ अर्ब रूपैयाँमा झरेको छ।  

प्रकाशित: ७ भाद्र २०७९ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App