१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चार दशक बित्दासमेत ट्रयाक खुलेन

२०४२ सालबाट निमार्ण थालिएको कालिकोटको सेरी-पान्तडी सडक निमार्णको झन्डै चार दशक बितिसक्दा पनि सडकको ट्र्याक खोल्ने कामले पूर्णता पाउन सकेको छैन। विभिन्न मितिमा ठेक्का गर्दै काम गर्न लागेको ३७ वर्षसम्म पनि सेरीपान्तडीको ट्र्याक खोल्ने कार्यले पूर्णता नपाउँदा स्थानीयमा निराशा छाएको छ।

खाँडाचक्र नगरपालिकाको सेरीघाटदेखि महावैको पान्तडीसम्मको २३ किलोमिटर सडकको हालसम्म १४ किलोमिटर ट्रयाक खोल्ने मात्र काम भएको छ। सेरी-पान्तडी सडक निमार्ण कार्य ढिलाइ हुँदा शुभकालिकाको सुकाटिया, राराकाटिया, महावैको गेला, पादमघाट, तिलागुफा लगायतका जनताले दैनिक दुःख खेप्नुपरेको छ।

मोल्फा बजारदेखि चार घण्टाको पैदल बाटोमा भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका-७ का हस्तबहादुर शाहीले भने, ‘दुर्गम प्रदेश कर्णाली, दुर्गम कालिकोट, नेताहरू दुरै बस्छन्, जितिसके भोट।’ उनले गितबाटै दुःख पोखे। नेता भोट माग्न गाउँमा आउँदा सडक निमार्ण गर्छु भन्दै आए। अहिले सडक पनि छैन। नेटको पनि समस्या छ। सेरी-पान्तरी हाम्रो मुख्य अजेन्डा हो भन्ने कुर्मराज शाही पनि सांसदबाट मन्त्री भए तर सडक उस्तै छ। कृषि क्षेत्रमा धेरैलगानी गरेका यहाँका नागरिक सडको पखाइमा छन्।’

कर्णाली प्रदेशका पूर्वसांसद तथा कृषिमन्त्री कृमराज शाहीको जन्म घर पनि सेरी-पान्तडी सडकको बाटो हुँदै जान्छ। ‘म सांसद हुँदा भोट माग्दा सेरी-पान्तरी सडक निर्माणको काम आफ्नै पालामा सक्नेछु भनेर भोट मागेको थिए। आफू सांसद भएदेखि मन्त्री हुँदासम्म धेरै रकम बिनियोजन गरे तर ठेकेदारले काम नगरेर त्यो बजेट फ्रिज भयो। अहिलेसम्म ठेकेदारले काम सम्पन गरेका छैनन्। अहिले जनताले पनि थापा ठेकेदारहरूको बदमासीले गर्दा यो सडक निर्माण सम्पन्न हुन नसकेको भनेर,’ उनले थपे, ‘ठेकेदार तारा शाहको सरिता कृष्ण निर्माण सेवाले काम ढिलो गर्‍यो।

अहिले काम भइरहेको छ। अबको दुई वर्षमा निर्माण सम्पन्न हुन्छ कि? आफूले यो सडक निमार्णको लागि धेरै योगदान गरेको छु।’ नेता शाहीले अहिले बाहिरको ठेकेदारले ठेक्का लगेको हुँदा अब काम सम्पन्न हुन सक्ने आश्वासन दिए। शुभकालिका गाउँपालिका निवर्तमान अध्यक्ष खडानन्द्र चौलागाइँले मान्म जोड्ने सडक निर्माण हुनुभन्दा पहिला २०४२ सालमा सर्भे गरी सिधै सेरीघाटदेखि जुम्ला सडक नाम राखी ५१/५२ सालबाट नेपाली सेनाले काम सुरु गरेको बताए।

उनले भने, ‘२०५७/५८ सालमा आन्दोलनको बेला राजा ज्ञानेन्द्र कालिकोट आएपछि सदरमुकाम मान्मलाई सडक सञ्जालले नछोएको हुँदा त्यो सडकलाई मान्मबाट निर्माण गर्न विभिन्न दलका नेताहरूले दबाब दिएपछि नेपाली सेनाले सेरी घाटदेखि मान्म हुँदै जुम्लाको सडक निर्माण गरेको थियो।’ कर्णली प्रदेश सरकारको प्राथमिकतामा परेको उक्त सडक निमार्णको लागि पुनः २०५७ सालबाट सडक निमार्णको लागि ठेक्का भएको थियो।

सेरी-पान्तडी सडक चाहियो भनेर महावैको गेलाका हर्कबहादुर शाहीको नेतृत्वमा जुलुस नभएको पनि होइन। धेरे पटक यो सडक निर्माण कार्य अलपत्र पर्दै गएको छ। यो सडक र शुभकालिका गाउँपालिका जाने सडक एउटै भएकाले गाउँपालिकाले पनि सडक निर्माण  गर्दा २ करोड ४९ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।

२०७६ देखि ७८ सम्म दुई करोड ८४ लाख खर्च भएको र आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५५ लाख ६७ हजार ६० रूपैयाँमा ठेक्का भएर काम अगाडि बढिरहेको पूर्वाधार कार्यालयका इन्जिनियर लक्ष्मण पाण्डेले बताए। उनले भने, ‘पहिला जिल्ला विकास समितिले पनि खर्च गरेको छ। अहिले प्यासिफिक कर्ण कन्ट्रक्सन र सरिता कृष्ण निर्माण सेवाले सेरीर पान्तडीबाट काम सुरु गरेको बताए। उनले दुई वर्षमा ट्रयाक खोलिसक्ने गरी सेरीपान्तडी सडक ठेक्का भएको र अहिलेसम्म १५ प्रतिसद मात्र काम भएको जानकारी दिए।

प्यासिफिक कर्ण कन्ट्रक्सका इन्जिनियर अजुन गौतमका अनुसार सेरीदेखि पान्तरी खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा पाएको बताए। उनले भने, ‘सडकको ग्याबिन पाइपको काम पनि भइरहेको छ। सेरी सडक खण्डमा आधा काम भएको छ। वर्षात्ले अहिले काम रोकिएको छ।’ ठेकादार तारा शाहाले चट्टान धेरै हुँदा ढिलो भएको बताइन्।

पहिला नेपाली सेनाले जिम्मा लिएको उक्त खण्डअन्तर्गत धेरै चट्टान भएको कारण नेपाली सेनाले काम नगरेपछि सडकले गति लिन नसकेको स्थानीयको गुनासो छ। २३ मिलोमिटर सडकको अहिलेसम्म १४ किलोमिटर मात्र ट्रयाक खोलेको र अझै ९ किलोमिटर खन्न बाँकी रहेको पूर्वाधार  विकास कार्यालयले जनाएको छ। जनताले काम गर्दै गरेको आभास हुने तर काम सम्पन्न नगर्ने मनसायका साथ निमार्ण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रूपमा उपभोग गर्न सक्ने भन्ने गम्भीर प्रश्न छ।

प्रकाशित: ३ भाद्र २०७९ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App