२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

आज सुनको मूल्य ५ सयले घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन  ५ सय रूपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन तोलामा ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार रहेको थियो।

त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९५ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीप्रतितोला १० रूपैयाँले घटेर एक हजार २ सय १० रूपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ।रासस 

प्रकाशित: १ भाद्र २०७९ ०६:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App