२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पिएलओले आइपीओ ल्याउने

पूर्वाञ्चल ल्युव आयल लिमिटेड (पिएलओ)ले आइपीओ ल्याउने भएको छ। पब्लिक लिमिटेडमा रूपान्तर भएसँगै स्थापना भएको २३ औं वर्षको अवसर पारेर कम्पनीले आइपीओ जारी गर्न लागेको हो।

कम्पनीले बुक विडिङ विधिबाट आइपिओ ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ। चुक्ता पुँजी २० करोड रूपैयाँ रहेको कम्पनीले ४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ। जसमा सुन्दर हरैंचाका स्थानीयवासीलाई १० प्रतिशत र कर्मचारीलाई १० प्रतिशत शेयर दिएर बाँकी रहेको संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई दिने तयारी गरिएको पिएलओ लुब्रिकेन्टका निर्देशक भोलेश्वर दुलालले जानकारी दिए।  

दुलालका अनुसार २० करोड रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको २३ करोड रूपैयाँ जगेडा कोषमा रहेको छ। सर्वसाधारणलाई शेयर जारी गरेपछि वार्षिक २० करोड रूपैयाँ बढी नाफा कमाउने र कम्पनीले शेयर जारी गरेपछिको पहिलो वर्षदेखि नै १ सय प्रतिशतसम्म प्रतिफल दिनसक्ने प्रबन्ध निर्देशक दुलालले बताए।  

कम्पनीले बुक बिडिङ विधिबाट जारी गर्ने शेयरको मूल्य प्रतिकित्ता ८ सय ३२ रूपैयाँ प्रस्ताव गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकामा मुख्य कार्यालय रहेको कम्पनीले पीएलओ ब्राण्डको लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ। 

प्रकाशित: १ भाद्र २०७९ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App