१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकको सांग्रिला मुद्दती धमाका योजना खाता सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ। ग्राहकहरूले यो योजना न्यूनतम मौज्दात दश हजार रूपैयाँबाट सुरु गर्न सक्ने बैंकले जनाएको छ।

बैंकको यस मुद्दती योजनाअन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ। ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्छन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने व्यवस्था समेत गरिएको छ। ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने/दिने दिनसम्म पुँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।  

प्रकाशित: १ भाद्र २०७९ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App