coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बढ्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैँया तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैँयाले बढेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैँया छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैँया थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैँयाले बढेर एक हजार दुई सय ५० रुपैँया पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: २९ श्रावण २०७९ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App