२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्रीन टायरका उत्पादन सार्वजनिक

ग्रीन टायरले उत्पादन गरेका टायरहरू सार्वजनिकगर्दै मोरङ व्यापार संघका अध्यक्षनविन रिजाल र कम्पनीका सञ्चालक विनित सिंघानिया। तस्बिर: नागरिक

दुई चक्के र तीन चक्के टायर उत्पादन गर्दै आएको मोरङको कटहरी स्थित ग्रीन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ट्याक्टर र हाते ट्याक्टरका टायरहरू उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कम्पनीले यस्तो जानकारी दिएको हो।  

कम्पनीले शेर्पा ब्राण्डमा भूमि सारथि मोडलका १६.९.२८,१४.९.२८, १३.६. २८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। कम्पनीका उत्पादित टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहेको छ साथै बढी एनएसडि पनि रहेको छ। 

उक्त उत्पादनहरुमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली कम्पनीले उत्पादन गरेका टायरहरू अन्तराष्ट्रिय मापदण्ड अनुसारको रहेको जनाइएको छ।

प्रकाशित: २७ श्रावण २०७९ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App