२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति

फाइल तस्बिर

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८ - ७९ मा ३ अर्ब रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयरधनीहरूलाई २५/७१ रूपैयाँप्रति शेयर आम्दानी दिएको छ। 

बैंकले देशको अर्थतन्त्रको सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुर्‍याउँदै आएकोमा आव २०७८-७९ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २ अर्ब ९० करोड भन्दा बढी नेपाल सरकारको राजस्वमा योगदान पुर्‍याएको जनाएको छ।  बैंकले अवलम्बन गरेको ग्राहकमैत्री अवधारणाका कारण ग्राहकहरूको प्रमुख रोजाइको बैंक बन्न सफल भएको बैकको दाबी छ। 

 ग्राहकहरूको बैंकप्रतिको बढ्दो विश्वास र निरन्तर सहयोग एवम् सद्भावकै कारण वित्तीय प्रणालीमा देखा परेको असहज परिस्थितिका बावजुद बैंकले आ/व। २०७८-७९ मा १ खर्ब ९६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब रूपैयाँकर्जा प्रवाह गरेको बैंकले जनाएको छ।  

त्यस्तै आव २०७८-७९ मा २ लाख ५० हजारभन्दा बढी नयाँ ग्राहकहरू बैंकिङ सेवामा आबद्ध गरी कुल १४लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।  बैंकले आफ्ना ग्राहकहरू मध्ये ६ लाख ५० हजार भन्दा बढी ग्राहकलाई मोबाईल बैंकिङ सेवा, ५ लाख ४५ हजार भन्दा बढी ग्राहकहरूलाई डेबिट कार्ड सेवा र ३० हजार भन्दा बढी ग्राहकहरूलाई क्रेडिट कार्ड सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।  

प्रकाशित: २४ श्रावण २०७९ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App