४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई सय बढ्यो सुनको मूल्य

फाइल तस्बिर।

आज सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ९०० रुपैयाँ थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार २२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: १७ श्रावण २०७९ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App