१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ५४.५८ अंकले वृद्धि

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।

आइतबार  कारोबारमा आएका २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आजको कारोबारमा नेप्सेसँगै कारोबार रकम पनि बढेको हो।

नेप्सेका १३ उपसमूह १२ उपसमूहको परिसूचक बढेको छ भने फाइनान्स उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा  जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। लगानी उपसमूह ४.७६ प्रतिशत बढेको छ। अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर यता,नेशनल हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ। कारोबार रकमका आधारमा २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: १५ श्रावण २०७९ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App