१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मौद्रिक नीति व्यवसायीका लागि सहज भएन: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताएका छन्।

शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एशोसिएशन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने मौद्रिक नीति कसिलो आएकाले व्यवसायीहरुको लागि सहज नभएको बताए। 

अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर उच्च वृद्धि तथा तरलता अभावलाई अझ बढाउने बताए। उनले राष्ट्र बैंकको कसिलो मौद्रिक नीति छोटो समयको लागि मात्रै रहने निजी क्षेत्रले विश्वास गरेको उल्लेख गरे। अध्यक्ष गोल्छाले मौद्रिक नीतिले व्यवसायीहरुलाई सहज नभए पनि औधोगिक उत्पादनको लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको बताए। उनले अहिले अर्थतन्त्रमा देखिएका समस्या पनि धेरै लामो समयसम्म नरहने दाबी गरे। गोल्छाले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा,भुक्तानी सन्तुलन वा शोधानान्तर स्थितिमा सुधार आउने बताए। 

उनले पछिल्लो ६ महिनामा मात्रै २३० प्रतिशत नेपाली श्रमीक विदेश गइरहेकाले रेमिट्यान्स बढ्नसक्ने बताए। अध्यक्ष गोल्छाले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा वस्तुहरुको मूल्य घट्दै आएकाले नेपालको व्यापार घाटा कम हुने विश्वास रहेको उल्लेख गरे। उनले पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा नेपालमा विदेशी लगानी ७ प्रतिशतले बढेको  बताए। गोल्छाले कोरोना महामारीको बेला शुन्यमा आएको पर्यटन व्यवसाय अहिले चलायमान भएको भन्दै भिजिट नेपाल २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अबको एक दुई वर्षमा पूरा हुने बताए।

अध्यक्ष गोल्छाले पछिल्लो समय नेपालको निर्यात उत्साहजन रुपमा बढेको बताए। उनले विद्युत,सिमेन्ट र फलाम जस्ता सामान निर्यात सुरु हुनु अर्थतन्त्र सुधारको सकारात्मक संकेत रहेको बताए। गोल्छाले पछिल्लो समय विश्व बैंक,एशियाली विकास बैंकहरुले नेपालको विकास निर्माणमा लगानी प्रतिवद्धता बढ्दै गएकाले अहिले देखिएको अर्थतन्त्रको समस्या क्रमश सुधार हुने देखिएको बताए। 

उनले अर्थतन्त्रमा देखिने समस्या दीर्घकालिन रुपमा समाधान गर्नको लागि मुलुकमा उत्पादन बढाएर निर्यात बढाउने र उत्पादनमा लाग्ने कस्ट अफ डुइङ बिजनेस घटाउनु पर्ने बताए। अध्यक्ष गोल्छाले राष्ट्रिय उत्पादन बढाउन र उत्पादनमा लाग्ने लागत कम गर्न सकेनौं भने अर्थतन्त्रमा अहिले देखिएका समस्या बारम्बारदेखि रहने दाबी गरे। उनले सरकारले बनाएका हेरक सुख्खा बन्दरगाहहरुमा रेल्वे सेवा जडान नभएसम्म बन्दरगाहको कुनै अर्थ नभएको बताए। अध्यक्ष गोल्छाले देशैभर बन्ने बन्दरगाहमा रेल्वे सेवा र लजिष्ट्रिक लागत घटाउन नसकेसम्म औद्योगिक उत्पादन पनि बढ्न नसक्ने दाबी गरे।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्रतिनिधि सभाको बजेट अधिवेशनबाट नै आर्थिक ऐनहरु संसदबाट पास गर्नुपर्ने बताए। उनले धेरै आर्थिक ऐनहरु संसदमा विचाराधिन अवस्थामा रहेको भन्दै यही बजेट अधिवेशनबाट पास गर्नुपर्ने बताए। अध्यक्ष मल्ले अर्थमन्त्री नभएर आर्थिक विधेयकहरु रोकिएको भन्ने सुन्नमा आएकाले उद्योग मन्त्रीले विधेयक पास गर्न सहयोग गर्नुपर्ने बताए।

प्रकाशित: १३ श्रावण २०७९ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App