१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल र बंगलादेशबीच जलस्रोतका मुद्दामा सहकार्य गर्ने

डेढ दशकपछि नेपाल–बंगालादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठकमा दुवै मुलुकबीच जालस्रोतको मुद्दा विषयमा एक आपसमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बिहीबारदेखि संघीय राजधानी काठमाडौंमा भएको दुवै मुलुकको संयुक्त सचिवस्तरीय बैठकमा बाढीपहिरो नियन्त्रण तथा जलस्रोतका मुद्दामा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सन् २००८ पछि दोस्रोपटक दुवै मुलुकबीच सचिवस्तरीय संयुक्त बैठक भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई र बंगलादेशका जलस्रोत मन्त्रालयका बरिष्ठ सचिव कबिर विन अनवारको नेतृत्वमा बैठक बसेको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले दुवै मुलुकका जलस्रोतको विकास र व्यवस्थापन, जलवायु परिवर्तनको मुद्दा, जलस्रोतको अध्ययन र अनुसन्धान, बाढीपहिरो नियन्त्रण तथा जल तथा मौसमी तथ्यांक आदानप्रदान लगायतका विषयमा छलफल भएको जानकारी दिए।

‘दुवै मुलुकबीच जलस्रोतको विकास र जलस्रोतको मुद्दामा एकआपसमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने विषयमा सहमति भएको छ’, उनले भने– ‘बाढीपहिरो नियन्त्रण तथा मौसमी तथ्यांक आदानप्रदानमा पनि सहकार्य गर्ने सहमति भएको छ।’ यो बैठक शुक्रबारसम्म चल्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

यसअघि पछिल्लो पटक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक पहिलो पटक बसेको थियो। मन्त्रालयका प्रवक्ता भेटुवालले जलस्रोत, बाढीको क्षति न्यूनीकरणको लागि अध्ययन गर्ने, जलयातायातको पक्षमा अध्ययन गर्ने, आठ बुँदे सहमति भएको आगामी बैठक आगामी सेक्टेम्बरमा बस्ने पनि निर्णय भएको छ।

प्रकाशित: १३ श्रावण २०७९ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App