४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ६१.०५ अंकले वृद्धि

मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।

मौद्रिक नीति आउने दिन शुक्रवार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि उच्च अंकले बढेको हो। आईतवार नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १२.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३९ अंक बढेको छ।

आइतबार कारोबारमा आएका २१९ कम्पनी ६४ लाख २३ हजार १४६ कित्ता शेयर २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको छ। आईतवार नेप्सेसँगै कारोबार रकम समेत वृद्धि भएको छ।  

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ७.२२ प्रतिशतले बढेको छ। त्यस्तै,अन्य उपसमूह ६.९३ प्रतिशत,विकास बैंक ५.१ प्रतिशत, माइक्रोफाइनान्स  र लगानी उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढीले बढेको छ।  

आइतबार कारोबारमा आएका सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ। स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढको छ।  

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट ३९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल रिइन्स्योरेन्सको ६ करोड ८२ लाख र हिमालनय डिस्टिलरीको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले शेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा ४ करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ। त्यस्तै २५ लाखभन्दा मुनिको शेयर ऋणमा जोखिमभार १५० बाट घटाएर १ सय कायम गरेको छ।

प्रकाशित: ८ श्रावण २०७९ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App