१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

संसदीय छानविन विशेष समितिले भाेलि शर्मालाई बोलाएर छलफल गर्ने

संसदीय छानविन विशेष समितिले बिहीबार निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो। 

समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए।  

सचिव अर्यालले भने,‘ संसदीय छानबिन समितिले बिहीबार निःर्वतमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको छ। संसदले दिएको १० दिनको समय अवधि पनि सकिँदै छ। समितिको म्याद थपको सन्दर्भमा छलफल भएको छ। तर समितिले निर्णय भने गरेको छैन।’

सचिव अर्यालले छानविनको लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताए। उनले समितिको म्याद थप गर्ने विषयमा छलफल भएपनि दिन किटान नगरिएको बताए। समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिएपनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ।

प्रकाशित: ४ श्रावण २०७९ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App