१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सानिमाका खातामा मासिक ब्याज साथै बम्पर धमाका योजना

सानिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरूमा मासिक व्याज प्रदान गर्ने भएको छ। नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी बैंकले व्याज प्रदान गर्ने भएको हो।  

बैंकले नेपाली तथा विदेशी मुद्रा, अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर आदिका खाताहरूमा व्याज दिन लागेको जनएको छ। उक्त योजना बचत खाता, कल खातालगायत सम्पूर्ण खाताहरूमा लागु भएको छ। यसका साथै बैंकले न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दती खाता समेत ल्याएको बैंकले जनाएको छ । 

मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् एकमुष्ठ ५ गुणसम्म भुक्तानी गरिने तथा व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण, तथा निःशुल्क क्रेडिट कार्डको व्यवस्था गरेको बैंकले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७९ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App