४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लगातार बढ्यो सेयर, सोमबार १८ बिन्दुको सुधार

पछिल्ला सात दिन यता सेयर कारोबार लगातार बढेको छ। अघिल्लो आइतबार नेप्से परिसूचकमा ७७ अंकले गिरावट आएको थियो। त्यसपछि कारोबार भएका सात दिन सबैको कारोबार बढेको हो। सोमबारको कारोबारमा नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ। यो ०.९० प्रतिशतको वृद्धि हो।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २०११ बिन्दुबाट बजारमा कारोबार सुरु भएको थियो। कारोबार सुरु भए लगत्तै नेप्से घटेर २००० बिन्दुमा झरेको थियो। त्यसपछिको समयमा भने बजारमा क्रमशः सुधार आएको थियो। केही बेला सामान्य रूपमा बजार खस्के पनि बन्द हुँदा परिसूचक २०२९ बिन्दुमा पुगेको हो।  

एक्सचेञ्जका अनुसार सोमबार नेप्सेका अतिरिक्त अन्य तीन सूचक सबैको कारोबार बढेको छ। सेन्सेटिभ सूचक २.८३ बिन्दुले बढेको छ भने फ्लोट १.१६ र सेन्सेटिभ फ्लोट १.१५ बिन्दुले बढेका छन्।  

यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये ११ वटाको कारोबार बढेको छ भने २ वटाको कारोबार घटेको छ। सोमबार सेयर बजारलाई उकालो लगाउनेमा बिमा र होटल तथा पर्यटन उपसूचकमा पर्ने कम्पनीहरू रहेका छन्।  

यस्तै होटल तथा पर्यटन उपसूचक १२९ बिन्दुले बढेको छ भने जीवन र निर्जीवन बिमा उपसूचक क्रमशः ११७ र १०८ बिन्दुले बढेका छन्। यस्तै कारोबारमा सुधार आउनेमा उत्पादन तथा प्रशोधन ३७, विकास बैंक ३२, लघुवित्त ३०, अन्य ३० र जल विद्युत् २६ रहेका छन्। फाइनान्स उपसूचक २२ बिन्दुले र बैंकिङ उपसूचक २ बिन्दुले बढेका छन्।  

यस्तै कारोबारमा गिरावट आउने २ उपसूचकमा व्यापार र सामूहिक लगानी कोष रहेका छन्। यी दुई मध्ये व्यापार ०.०२ र लगानी कोष ०.०४ बिन्दुले घटेका हुन्। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले होटल तथा पर्यटन उपसूचक बढेको छ। यो ४.९३ प्रतिशतले बढेको हो। यस्तै सबैभन्दा धेरै प्रतिशतले कारोबार घट्नेमा सामूहिक लगानी कोष ०.२७ बिन्दु रहेको छ।  

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले वरुण हाइड्रो पावर रहेको छ। यसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो। यस्तै इमर्जिङ नेपालको सेयर पनि ९.६२ प्रतिशतले बढेको छ।  

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा सानिमा लार्ज क्याप फण्ड परेको छ। यसको प्रतिसेयर मूल्य ५.९० प्रतिशतले घटेको हो। यस्तै कुमारी इक्विटी फण्ड ५.७६ र सनराइज ब्लुचिप फण्ड ३.७८ प्रतिशतले घटेका छन्। एक्सचेञ्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको ९ करोड ३४ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख रूपैयाँको कारोबार भएको छ।  

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एपी पावर कम्पनीको भएको छ। यसका २ लाख ३५ हजार ५ सय ६ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै एसियन लाइफ इन्स्योरेन्सको १ लाख २६ सय ५ सय ९५ कित्ता सेयर बिक्री भएका छन्।  

एक्सचेञ्जका अनुसार सोमबार २११ कम्पनीका ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ३१ करोड २९ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २६ अर्बले बढेर २८ खर्ब ९८ अर्ब रूपैयाँमा पुगेको छ ।

प्रकाशित: ३ श्रावण २०७९ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App