१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

म लामो समय सरकारमा बस्ने मन्त्री होइनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्।

सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायहरुसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 

उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए। पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्नको लागि तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर  काम अगाडि बढाउने उल्लेख गरे। 

उनले पर्यटन क्षेत्रको पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गरे। मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताए। उनले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानून निर्माण गर्नभने लागिपर्ने बताए।  

उनले भने,‘ कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने ,मध्येकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौं। ऐन नियम बनाउने काम केही समय लाग्छ। ऐन कानूनको कामको पनि शुरुवात गरौं भनेर सोचेको छौं। म लामो समय बस्ने मन्त्री होइन। तर सुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निस्कर्ष निस्कन्छ। सुरु नै भएन भने अगाडि बढ्दैन। ऐन नियमका कुराहरु कहाँ केकेमा समय सापेक्ष संशोधन गर्नु पर्नेछ। त्यो कामको सुरुवात गर्छु। पर्यटन क्षेत्रलाई पुनःस्थापित र प्रचार गर्नुपर्ने कुराहरु छन्। त्यसमा मन्त्रालय कार्यक्रम नै अगाडि बढाएर जानेछ। पर्यटन पुनरुत्थानको काम सरकार र निजी क्षेत्र मिलेर  नै गर्ने हो। हातेमालो गरेर नै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने हो। पर्यटन क्षेत्रमा देखिएका विकृतिका कुराहरु पनि सुन्नमा आएका छन्। मैले थाहा पाए अनुसार यो क्षेत्रमा धेरै विकृतिहरु बढ्न थालेको छ जसले गर्दा हाम्रो इमेज खराब हुँदै गएको छ। यो विकृति नियन्त्रण गर्ने कुरामा पनि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको छ।’

प्रकाशित: २ श्रावण २०७९ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App