२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजयसिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए।

बैंकबाट प्राप्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान गरिएका ६ सय ७५ जना विद्यार्थीहरूलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्ने जनाएको छ।

उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भए तापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरूलाई सहज रूपले अध्ययन गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ३० असार २०७९ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App