८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमईको पहल

ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा र नेपालमा वैदेशिक लगानीका विषयमा बेलायतको लण्डनमा सोमबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय रसिर्जनशील लेस्टर नेपाल युकेद्वारा संयुक्त रूपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए। जसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको थियो। साथै भिसा कार्ड तथा मास्टर कार्डमार्फत विदेशमा खर्च गर्न सक्ने रआवश्यकता अनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रूपैयाँमा निकाल्न मिल्ने सुविधा रहेको ढकालले बताए।

विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको बताउँदै उनले आज आइएमई नाम आफैंमा रेमिटको पर्यावाची बनेको बताए। साथै गैरआवासीय नेपाली संघसँग आफूहरूको सहकार्य सुरु भइसकेको बताउँदै संघको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ जिल्लामा २७ मेगावाटको जलविद्युत् आयोजना निर्माण सकिएर टेस्टिङको चरणमा रहेको जानकारी समेत दिए ।

प्रकाशित: २९ असार २०७९ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App